अस्थिरतामा ब्रह्मलुट मच्चाएर अरबौं कुम्ल्याउनेहरु खुशी छैनन्, छट्पटिए : प्रचण्ड


४ श्रावण २०७५, शुक्रबार
Parchanda 5
g]qxLg ;+3sf] /ht dxf]T;j g]skfsf cWoIf k’iksdn bfxfn z’qmaf/ sf7df8f}Fdf g]kfn g]qxLg ;+3sf] /ht dxf]T;j ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ४ साउन :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन् । अस्थिरता र अराजकताबाट ब्रह्मलुट मच्चाएर करोडौं, अरबौं कुम्ल्याउनेहरु स्थिर सरकारसँग खुशी नरहेको उनको भनाइ थियो।

Parchanda 5

नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अस्थिरताको फोहोर फालेर पाँच वर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए । उनले भने, ‘अस्थिरता र अराजकताबाट ब्रह्मलुट मच्चाएर करोडौं, अरबौं कुम्ल्याउनेहरु स्थिर सरकारसँग खुशी छैनन् । उनीहरु छट्पटिएका छन् । त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन् ।’

प्रचण्डले समावेशिता र समानुपातिकताका दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको भन्दै यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले अस्थिरतावादीलाई फोहोर नालीमा बस्ने सुँगुरसँग तुलना गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७