आइजीपी खनाललाई असफल पार्न प्रबन्धकै हाकिम सक्रिय


२४ श्रावण २०७५, बिहीबार

काठमाडौं, २३ साउन । नेपाल प्रहरीले आर्थिक बर्ष २०७४/०७५ को अन्तिममा १० हजार थान झोलाको टेण्डर गरेकोमा ५ सय थानमात्र बुझाउने ठेकेदार राजु थापाको बैंक ग्यारेन्टी जफत गरेन ।

कालोसूचीमा राख्नका लागि पत्र समेत सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेन । ३५ हजार थान ब्ल्यांकेटको ठेक्का पाएका निरन्जन श्रेष्ठले २० हजार थान मात्र बुझाए । उनको पनि बैंक ग्यारेन्टी जफत गरिएन ।

यसरी टेण्डरमा तोकिएको सामान नबुझाउने ठेकेदार राजु थापा र निरन्जन श्रेष्ठलाई उन्मुक्ति दिएको नजीर अर्को बर्ष पनि ठेकेदारहरुले अबलम्बन गरे के गर्ने ? अबदेखि ठेकेदारहरुले पूरा सामान नै नबुझाए पनि कुनै कारबाही नहुने नजीर बसेको छ ।

सार्वजनिक खरिद ऐन नियममा पूरा सामान नबुझाउने ठेकेदारको बैंक ग्यारेन्टी जफत गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखिपठाउनुपर्छ । तर आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी प्रकाश अधिकारी, प्रबन्धका प्रहरी निरीक्षक केशव गौतम नै ठेकेदारसँग मिलेर आइजीपीलाई विवादमा पार्न सक्रिय भएका छन् ।

गौतमलाई आइजीपी खनालले पद बहाली गर्नासाथ प्रबन्धमा ल्याएका हुन् । उनी खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा लेखापाल थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७