पल्सर अब डबल डिस्कमा


२८ श्रावण २०७५, सोमबार
pulsar 150

काठमाडौं, २८ साउन । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी (एचएच) बजाजले ‘पल्सर १५० ट्वीन डिस्क’ बजारमा ल्याएको छ ।

pulsar 150

अगाडि र पछाडि डिस्क ब्रेक रहेको मोटरसाइकल कालो–निलो, कालो–रातो तथा ब्ल्याक क्रोम गरी तीन रङ्गमा उपलब्ध छ । यसमा १७ इञ्च एलोय ह्वीलको प्रयोग गरिएको छ । त्यस्तै चेसिस र सकर पनि पूरानोको तुलनामा ठूलो प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फूटपेज राखिएको छ । १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिनसहितको मोटरसाइकलमा दुईवटा भल्भ र १५ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको छ ।

५ गिएरसहितको मोटरसाइकलको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसको बजार मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७