त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा बन्द हुने


२८ श्रावण २०७५, सोमबार
Tribhuvan International Airport International Terminal MNWB74YZgl

काठमाडौं, २८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापनाको काम आउँदो माघदेखि थालिने भएको छ ।

Tribhuvan International Airport International Terminal MNWB74YZgl

सन् २०१३ पछि धावनमार्गले घाम र पानी सहन नसकी वर्षायाममा उडान प्रभावित हुँदै आएको छ । अहिले सामान्य मर्मतले काम चलाए पनि यसको दिर्घकालीन समाधान पुनर्स्थापना भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धावन मार्गको पिच फेर्नको लागि ठेकेदार छानोटको काम भइरहेको र आगामी माघदेखि दैनिक ८ घण्टा विमानस्थल बन्द गरेर काम गरिने जानकारी गराएका छन् । ‘सन् १९७५ देखि विस्तार हुँदै आएको विमानस्थलको पूरानो पिचको आयु सकिएको वर्षौ भएको छ, आजभन्दा १० वर्ष अघि हुनुपर्ने काम अब पनि नगर्ने हुन सक्दैन’, उनले भने, ‘समय तालिका बनाएर दिनमा ८ घण्टा विमानस्थल बन्द गर्छौ ।’

माघमा भैरहवामा धावनमार्ग बनिसक्ने र त्यहाँ आपतकालीन उडान सम्भव हुने र यता चार महिनामा धावनमार्गको पिच फेर्ने काम सकिने मन्त्री अधिकारीको भनाई छ । पहिले दैनिक १८ घण्टा चल्दै आएको विमानस्थल जेठ २१ देखि २१ घण्टा चलाईएको थियो । पिच फेरिएपछि २०७६ को जेठदेखि २४ घण्टा सञ्चालन हुने उनले जानकारी दिए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७