नेपाल प्रहरीका एसएसपीको सरुवा हुने, काठमाडौंमा लामा र ललितपुरमा धानुक आउँदै


३० श्रावण २०७५, बुधबार

काठमाडौं, ३० साउन । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा हुने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न स्थानमा कार्यरत एसएसपीको सरूवा तयारी थालेको छ ।

nepal police

काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी बसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकलाई ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । लामा यसअघि सनम शाक्य र तस्करीको सुन सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानबिन समितिमा रहेका काम गरेका थिए ।

धानुक यसअघि काठमाडौं प्रहरीको प्रमुख भएर काम गरेका थिए । समय पुगेका अन्य केही एसएसपीको पनि सरूवा तयारी भइरहेको समाचार स्रोतले जानकारी दिएको छ ।
गृह मन्त्रालयले ५ महिनाअघि रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई काठमाडौंको प्रमुखमा ल्याएको थियो । त्यसैगरी ललितपुरमा कार्यरत एसएसपी गणेश ऐरका ठाउँमा धानुकलाई ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७