पक्राउ परेका अपराध महाशाखाका सईलाई मेडिकल चेक गराएर छाडियो


३ भाद्र २०७५, आईतवार
aashutosh sahi 1

काठमाडौं, ३ भदौ । रेस्टुरेन्टमा अत्यधिक मदिरा सेवन गरेर होहल्ला गरेको मौखिक उजुरी प्रहरी महानिरीक्षकको सचिवालयमा परेपछि अपराध महाशाखाका एक प्रहरी नायब निरीक्षक(सई) पक्राउ परी छुटेका छन् । घटना शनिबार दिउँसोको हो । महाशाखामा कार्यरत सई आशुतोष शाहीले आफ्ना केही सहयोगीसहित दरबारमार्गको एलिस रेस्टुरेन्टमा शनिबार दिउँसै मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि नजिकै टेबुलमा बसेका व्यक्तिले आईजीपीको सचिवालयमा उजुरी गरेका थिए ।

aashutosh sahi
सई आशुतोष शाही

मापसे गरेर मातेका सईले रेस्टुरेन्टका म्यानेजर र अन्य कर्मचारीलाई समेत धम्क्याएका थिए । शाहीको व्यबहार पूर्वयुवराज पारस शाहको भन्दा कम थिएन । सचिवालयमा उजुरी परेपछि लगत्तै अपराध महाशाखाका प्रहरीहरु आएर उनलाई पक्राउ गरी भ्यानमा हाली वीर अस्पताल लगेर मेडिकल चेक गरी छाडेका थिए । स्रोतका अनुसार शाहीले आफू क्राइम डिभिजनको प्रहरी भएको भन्दै रेस्टुरेन्टमा खाएको बिल तिर्न आनाकानी गरेपछि म्यानेजरसहित कर्मचारीहरुलाई धम्क्याएका थिए । उनले होहल्ला गर्दै मनपरी बोल्न थालेपछि सचिवालयमा उजुरी परेको स्रोत वताउंँछ ।
सई शाही कहिल्यै पनि उपत्यका बाहिर नजाने पावरवाला प्रहरी हुन् । उनी खराब आचरण भएको प्रहरी पुस्टि भइसक्दा पनि महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले कुनै कारबाही गरेका छैनन् । सिंत्तैमा मदिरा सेवन गर्ने र बिल नतिरी धम्क्याउन खोज्ने सईलाई अपराध महाशाखाले कुनै कारबाही नै नगरी जोगाउन लागेको छ । उनलाई थुनेर कारबाही गर्नुपर्नेमा घरमा पु¥याई छाडिएको छ । उनी डीएसपी रुगम कुँवरको टोलीमा खटिने गरेका छन् । अपराध महाशाखामा एसपी सोमेन्द्रसिंह राठौर र डीएसपी कुँवरको टोली अपराध नियन्त्रणमा भन्दा बढी असुलीतिर लिप्त हुने गरेको गुनासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७