यातायातका संघ खारेजी गरेपछि १५ हजार युवा कामविहीन


३ भाद्र २०७५, आईतवार
sindiket 1

काठमाडौं, ३ भदौं । सरकारले सिण्डिकेट खारेज र याताया मजदुरको संघ खारेजी गरेपछि ठूलो संख्यामा युवाहरु कामविहीन भनेका छन् ।

sindiket 1

नेपाल यातायात मजदुर संघले सरकारको संघ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिकको रोजगारी खोसिएको दावी गरेको छ । संघका अध्यक्ष धर्मराज भण्डारीले सरकारको संघ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४ सय समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको जानकारी दिएका छन् ।

संघको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।

बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले संघको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा संठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ ।
संघ आवद्ध महासंघ नेपाल ट्रेड युनियन कांग्र्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि संघ देशभरबाट लड्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७