‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुरै


१० भाद्र २०७५, आईतवार
sunny khunaa

कञ्चनपुर,१० जेठ ।  शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए ।आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे ।

ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कँदै गर्दा ट्राफिक चोक नजिकै घरको छतमा बसेका ८र१० जना प्रहरीले उनीहरुलाई गाली गर्दै भाग्न भने । 

ुभाग्दै गर्दा प्रहरीले गोली हान्यो ।ु सन्नीसँगै रहेका उमेशले भने, ुसन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो ।ु अनुनय गर्दागर्दै दुइजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए ।

सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए । उमेशले भने, ुप्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधैं छातीमा गोली ठोक्यो ।ु सन्नी र उमेश मिल्ने साथी हुन् ।

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुर बताए । उनले भने, ुश्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुपर्यो ।ु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७