शेयर बजारमा सामान्य गिरावट


४ आश्विन २०७५, बिहीबार
decreasing share

काठमाडौँ, ४ असोज  ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३‍.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल २०.५७, विकास बैंक ४.६९ र अन्यको १.८३ बिन्दुले बढे पनि बैंकिङ १.६५, जलविद्युत् ७.७९, फाइनान्स ०.४८, निर्जीवन बीमा १०७.४८, उत्पादन ५.५१, माइक्रो फाइनान्स ५.०६, जीवन बीमा ७९.८१ बिन्दुले घटेको छ ।

व्यापार समूहको भने कुनै पनि कारोवार भएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७