जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते


३० कार्तिक २०७४, बिहीबार

गुल्मी: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु १३ जना घाइते भएका छन् । मलामी गएर तम्घास फर्किँदै गरेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ मा बुधबार राति अर्खलेमा दुर्घटना भएको हो ।accident

दुर्घटनामा कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षीय रुद्रबहादुर डेगाको मृत्यु भएको जिल्ला ट्राफिक ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ । ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७