‘मलाई देखेर मेरै श्रीमानसँग अनु मलिकले भनेका थिए- क्या माल छ !’


२६ आश्विन २०७५, शुक्रबार
sona LUQ9imdSw0

 (एजेन्सी) यौन उत्पीडनलाई लिएर भारतमा दिग्गज हस्तीहरु आरोपले घेरिने सिलसिला रोकिएको छैन । पछिल्लो समय चर्चित संगीतकार अनु मलिकलाई आरोप लागेको छ ।

४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अनु मलिकले आफूलाई अबेर रातमा पनि लगातार फोन गर्ने गरेको बताएकी छन् ।

सोनाले अनु मलिकसँग २००६ मा एउटा कार्यक्रममा पहिलो पटक भेट भएको हिन्दुस्तान टाइम्ससँगको एउटा साक्षात्कारमा बताइन् । उनले भनिन्, ‘उनले मलाई र मेरो श्रीमान राम सम्पतलाई लन्चका लागि आईटीसी ग्र्याण्ड मराठामा बोलाएका थिए । मेरो श्रीमानसँग उनी पहिले नै काम गरिसकेका थिए । उनलाई हाम्रो विवाह भएको थाहा थिएन । भेटघाटकै क्रममा म रेस्ट रुममा गएँ । त्यतिबेला अनु मलिकले एउटा भद्धा टिप्पणी गरे – क्या माल छ सम्पत ।’

सोनाका अनुसार त्यसपछि पनि अनु मलिकले रातिराति फोन गरेर अचम्मका कुरा गर्थे । पछि सोनाले मलिकको फोन उठाउनै छाडिदिइन् ।

हिन्दुस्तान टाइम्सका अनुसार राम सम्पतले पनि यो आरोपको पुष्टि गरेका छन् । अनु मलिकले भने यो आरोपमा बोल्न अस्वीकार गरेका छन् ।

यसभन्दा पहिले पनि सोनाले कैलाश खेरमाथि यस्तै आरोप लगाएकी थिइन् । ट्विटरमा उनले लेखेकी थिइन्, ‘एकपटक म कैलाश खेरसँग एउटा कन्सर्टको तयारीका लागि मुम्बईको पृथ्वी क्याफेमा गएको थिएँ । त्यतिबेला उनले मेरो तिघ्रामा हात राख्दै भनेका थिए – ‘तिमी निकै नै सुन्दर छौ । राम्रो भयो कि कुनै अभिनेताले नभएर एउटा संगीतकारले तिमीलाई पायो ।’ यो सब सुनेपछि म त्यहाँबाट निस्केँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७