सरकारी खर्चमा ८ सय कर्मचारीको विदेश भ्रमण, कुन मन्त्रालयका बढी ?(सूचीसहित)


११ कार्तिक २०७५, आईतवार
karmachari

काठमाडौं, ११ कात्तिक । विभिन्न वहानामा सरकारी खर्चमा विदेश भ्रमण गर्ने कर्मचारीहरुको लर्को अहिले पनि उस्तै छ ।

karmachari

सरकारले सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको बताए पनि विदेश भ्रमणमा निस्किएका कर्मचारीहरुको तथ्याङ्क हेर्दा सरकारको भनाई व्यवहारमा लागू नभएको देखिन्छ ।

आवश्यकता भन्दा पनि रमाइलोका लागि धेरैजसो कर्मचारीहरु विदेश भ्रमणमा निस्किने गरेको भन्दै नागरिक तहमा समेत आलोचना बढिरहेको छ । तर, सरकारी कर्मचारीहरु भने नागरिकको आवाजलाई वेवास्ता गर्दै सरकारी खर्चमा परिवारलाई समेत विदेश घुमाउन पछि परेका छैनन् ।

चालु आर्थिक वर्ष आव २०७५–७६ को पहिलो दुई महिना (साउन र भदौ) मा मात्रै सवा ८ सय कर्मचारी विदेश भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार २२ वटा मन्त्रालयका उक्त संख्याका कर्मचारी विदेश गएका हुन् ।

सो अवधिमा रक्षा मन्त्रालयका कर्मचारी सबैभन्दा बढी विदेश भ्रमणमा गएका छन् भने सबैभन्दा कम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारी छन् । रक्षा मन्त्रालयका २०९ कर्मचारीले विदेश भ्रमण गरेका छन् । भूमि व्यवस्था मन्त्रालयका एक जना कर्मचारीले विदेश भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै निकायहरूसँग विदेश भ्रमण गएका कर्मचारीको विवरण माग गरेको थियो । कार्यालयले केही समयअघि पत्र नै पठाएर वैदेशिक भ्रमणमा जाने कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको थियो ।

जथाभावी वैदेशिक भ्रमणमा जाने प्रवृत्तिले अभिलेख समेत नरहने र राज्यको बजेट खर्च हुने भएकाले व्यवस्थित गर्नु अत्यावश्यक रहेकाले विदेश भ्रमणमा जाने कर्मचारीको विवरण माग गरिएको कार्यालयले जानकारी दिएको छ । वैदेशिक भ्रमण व्यवस्थित गर्न गत बैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेको थियो ।
हेर्नुस् विदेश भ्रमण गर्ने कर्मचारीको तथ्याङ्क

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७