नेपाल भ्रमण वर्षको कार्यक्रम संयोजकमा वैद्य नियुक्त


१६ कार्तिक २०७५, शुक्रबार
Suraj Baidhya copy

काठमाडौं, १६ कात्तिक । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ ।

Suraj Baidhya copy

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज उनलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन् ।

सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गर्न संयोजक आवश्यक परेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आगामी तीन वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजकमा वैद्यलाई नियुक्त गरिएको जानकारी दिए ।

सरकराले निजी क्षेत्रको सक्रिय सहभागितासहितको सहकार्यलाई अगाडि बढाएको र सो कार्यक्रमको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रहेका वैद्य सार्क चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७