मन्त्रीले भेन्डर परिवर्तन गर्न खोज्दा मलेसिया कामदार पठाउन रोकियोः डा. शेखर कोइराला


१७ मंसिर २०७५, सोमबार
dr shekahr

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मलेसियासँगको श्रम सम्झौतापछि पनि नियोजित रुपमा रोजगारका लागि कामदार मलेसिया पठाउने काम अझै अगाडि नबढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्–‘ श्रम सम्झौतापछि पनि कामदार मलेसिया पठाउन बिलम्ब हुनु बिभागीय मन्त्री तथा सरकारको कमजोरी पनि हो ।

dr shekahr

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले निहीत स्वार्थका लागि सहमति गरेको १ महिना बितिसक्दा पनि कामदार मलेसिया नपठाएको कोइरालाको आसय छ ।
नेता कोइरालाले लेखेका छन्–‘श्रममन्त्रीले निहीत स्वार्थका लागि सम्झौताका बिरुद्ध गएर भेन्डर चेन्ज गरी आफूनिकटलाई दिन लागिपरेको समाचार सार्वजनिक भैरहेको सन्दर्भमा तत्कालै यसको छानबिन होस् र पुर्वसहमति अनुसार मलेसिया पठाउकने प्रक्रिया तत्कालै शुरू गरियोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७