लोकसेवा आयोगका सदस्य गोविन्द कुसुमको अवकाश


१८ मंसिर २०७५, मंगलवार
gobinda kusum

काठमाडौं, १८ मंसिर । लोकसेवा आयोगका सदस्य गोविन्द कुसुम ६५ बर्षे उमेरहदका कारण अवकाश भएका छन् । उनी २०७१ चैतमा आयोगको सदस्यमा नियुक्त भएका थिए । आयोगमा अध्यक्षसहित ७ सदस्य रहेकोमा अब ६ जनामात्र बाँकी छन् ।

gobinda kusum

नेपालको संविधानमा आयोगमा अध्यक्षसहित ५ सदस्य रहने ब्यवस्था गरेको छ । संविधान जारी हुनुपूर्व नै नियुक्त भएकाहरुको हकमा जति सदस्य भए पनि यथावत रहने ब्यवस्था छ ।
आयोगमा अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरुमा बृन्दा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा सदस्य छन् । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित पदाधिकारीहरु २०७१ चैत ११ मा नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७