यसरी लेख्नुस् लोकसेवा परीक्षा, सफलता निश्चित


५ पुष २०७५, बिहीबार
loksewa e1511330625587

काठमाडौं, ५ पुस । कुनै पनि पदमा पदस्थापन हुनुपूर्व सो व्यक्तिलाई पद तथा जिम्मेवारीको समूचित सञ्चालनको लागि गोपनीयता एवं पदको सपथ दिलाउने चलन छ ।

loksewa e1511330625587

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, प्रधानन्यायाधीश तथा विभिन्न ओहदाको जिम्मेवारी बहन गर्दा प्रायः सबै मुलुकमा सपथ खुवाउने चलन छ, ताकी भविष्यमा एउटा मापदण्डका आधारमा कारवाही होस् ।

कतै काममा जानु छ भने बाटो नअलमलिईकन सरासर भनेको ठाउँमा पुगेर, भेटेर, समाचार पु¥याएर वा समान लिएर तुरून्त फर्केर आउनको लागि भनिन्छ ।

किनभने निश्चित समयमा निश्चित काम पूरा गर्नु छ भने कहीं कतै अलमलिरहनु हुँदैन । समयको वहाव र समुन्द्रको ज्वारले पर्खदैन, ऊ निरन्तर आफ्नो गतिमा चलिरहन्छ । हरेक कामको पनि समय हुन्छ, समयअघि र पछि कुनै कामको महत्वव त्यति हुँदैन, जुन ठिक समयमा गर्दा हुन्छ ।

कुनै काम ठीक समयमा सम्पन्न गर्न, कुनै पनि इच्छालाई उद्देश्यमा पूरा गर्न सङ्कल्पको जरूरी पर्दछ । म यो विषय पढेर यो काम गर्छु, यो पदको प्रतियोगितात्मक परीक्षामा सफल हुन्छु भनेर सङ्कल्प गर्ने हो भने, आजदेखि सफलताको लागि यात्रा तय गर्दा त्यसलाई पूरा गर्न अपनाउनु पर्ने क्रियाकलापको पहिचान गर्नुपर्छ ।

उद्देश्य पूरा गर्न बाधा पुर्‍ याउने शारीरिक र मानसिक क्रियाकलाप एवं सङ्गतलाई निरन्तर घटाउँदै, छोड्दै जानुपर्छ । हरेक दिन बिहान ब्युँझने बित्तिकै र राती सुत्ने बेलामा सङकल्प स्मरण गर्नुपर्छ ।

आफ्नो आकङ्क्षाको तह जुन स्तरको छ, त्यही स्तरको सफलता हात लाग्दछ । इच्छाशक्ति बढाउन आफ्ना विगतका सफलतार असफलताका भित्री रहस्य बुझ्नु पर्दछ । त्यो बाहिरका मान्छेका आँखाले देख्दैनन्, आफ्नो मन मस्तिष्कलाई मात्र थाहा हुन्छ ।

आफ्नो लक्ष्यमा पुग्न इच्छाशक्तिलाई बढाउनु जरुरी छ । हरेक मान्छे भित्र विशिष्ठ क्षमता हुन्छ, त्यो क्षमता मभित्र पनि छ भनेर कतै नअलमलिकन अध्ययन, लेखन, स्मरण, छलफल बढाइरहनु पर्दछ ।

विशेषगरी निजामती सेवामा प्रवेश गर्न कुनै पदको लागि आफूलाई योग्य बनाउन तपाईको मन मस्तिष्कलाई तेजिलो बनाइ राख्नु पर्दछ । त्यसका लागि नियमितरूपमा अभ्यास जरूरी पर्दछ । तपाईको अभ्यास द्रुत, मध्यम, सुस्त वा आंशिक र अवरुद्ध कुन गतिमा बढ्छ, ती कुरा महत्वपूर्ण हुन्छ ।

यी कुराहरू तपाईको संकल्प, तपाईले जागिर पाउने आकांक्षाको स्तर, जागिरका लागि पालना गर्नुपर्ने ब्रत (अनुशासन), पालना गर्नुपर्ने नियमित शर्त र त्यसको लागि त्याग्नु पर्ने, छोड्नु पर्ने संगत, लत र नियमित गर्नुपर्ने साधना, अभ्यासमा निर्भर हुन्छ ।

तपाईको इच्छा जागिरप्रति कसरी जाग्यो, त्यसले तपाईको सफलताको निकट पुन्ने नपुग्ने विषयमा निक्र्याैल गराउँछ । बुबा आमा तथा अभिभावकको इच्छा होस् वा साथीभाइको लहलहैमा के रहेछ एकपल्ट दिई हेरौं भनेर विनातयारी परीक्षामा सहभागी हुन लाग्नु भएको छ भने यस्ता कुराले तपाईको सफलताको सम्भावनालाई भविष्यवाणी गर्न सकिनेछ ।

दरखास्त फाराम भराउनु पूर्व नै आफू प्रष्ट हुनुहोस् । मैले यो पदमा सबै कुरा तथा योसँग असम्बन्धित क्रियाकलाप त्यागेर परीक्षाको एक मात्र तयारी गर्छु भनेर सङ्कल्प गर्नुहोस् । पढ्न त बस्नु भयो तर फेरि विभिन्न कल्पना गरेररमाउन थाल्नु भयो भने पढ्न त पढ्छ तर के पढ्छ, के पढ्छ भनेजस्तो हुन्छ ।

त्यसैले निश्चित पढाई पश्चात् त्यसबाट मैले के सार बुझे लेख्नुहोस्, आफै प्रश्न बनाउनुहो्, लेख्नुहोस्, परीक्षा तुरून्त र केही समय अन्तरालमा आफै गर्नुहोस् । सम्बन्धित पदको लागि तोकिएको पाठ्यक्रम बमोजिमका सन्दर्भ सामग्री र त्यसको अध्ययन गर्नुहोस् । टिपोट, नोट बनाउनुहोस् र समय समयमा त्यसको अध्ययन, स्मरण गर्नुहोस् ।

डा. खगेन्द्रप्रसाद सुवेदी
(लेखक लोकसेवा आयोगका सहसचिव हुन् । यो टिप्स गोरखापत्र दैनिक लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७