कांग्रेसभित्र राजतन्त्र फर्काउनेहरु सल्बलाएका हुन् ?

महासमिति सदस्यलाई भोकभोकै राख्नेः गुटको भेलामा ब्ल्याकलेबल र रेडलेबल छ्यालब्याल पार्ने


५ पुष २०७५, बिहीबार
mahasamiti

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसको ७ दिनदेखि जारी महासमिति बैठक टुंगिएको छैन । कांग्रेसको महासमिति बैठक गएको मंसिर २८ देखि काठमाडौंमा जारी छ ।
पार्टी आर्थिक रुपमा कमजोर भएकाले महासमिति बैठकमा सहभागीहरुलाई बिहानको खाजा र दिउँसोको खानाको मात्र ब्यवस्था गरिएको छ । बेलुकाको खाना महासमिति सदस्यहरुले आफैं ब्यवस्था गर्दैआएका छन् ।

mahasamiti

एकातिर आर्थिक रुपमा कमजोर भएको भनेर पार्टीले महासमिति सदस्यहरुलाई बेलुकाको खाना आफैं ब्यवस्थापन गर्न भनिरहेको छ अर्कोतिर केही नेताहरुले आफ्नो गुटका महासमिति सदस्यहरुलाई दैनिक दसौं लाख रुपैयाँको भोज दिने गरेको आरोप छ । कांग्रेस सम्बन्द्ध स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार र महामन्त्री सशांक कोइरालाले दैनिक महासमिति सदस्यहरुलाई प्रत्येक दिन दसौं लाख रुपैयाँको ब्ल्याक लेबल र रेडलेबलसहितको भोजभतेर गर्दैआएका छन् ।

पार्टी कमजोर छ भने महासमिति सदस्यलाई बेलुकाको खानाको ब्यवस्था नगर्ने नेतृत्व तहमा बसेकाहरुले हरेक बेलुका गुटको भेलामा महंगो ह्वीस्की र भोज कुन स्रोतबाट गरिरहेका छन् ? यो प्रश्न गम्भीर रुपमा उठेको छ । कांग्रेसका एक महासमिति सदस्यको प्रश्न छ– ‘कांग्रेस महासमितिको बैठकस्थल बाहिर हिन्दूराज्य बनाउने हस्ताक्षर अभियान नामक पसल थापिनु र त्यसको समर्थन गर्ने नेताहरु देउवा, पौडेल, गच्छदार र कोइरालाहरुले दैनिक ह्वीस्कीमा लाखौं रुपैयाँ खर्च गरी भोजभतेर गर्नुबीच के तादात्म्यता छ, यत्रो खर्चको स्रोत के हो ? धर्मका नाममा हिन्दू राज्य बनाउने र राजतन्त्र पुनः फर्काउने खेल कांग्रेसभित्र भइरहेको त छैन ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७