रोहितको सम्झौता थप, सन्दीपको दोस्रो खेल आज


२५ पुष २०७५, बुधबार
rohit chand football 20181209145515

काठमाडौं, २५ पुस । इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ ।

rohit chand football 20181209145515

रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए ।

पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो । पोर्सिजाको प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पेर्सिजा क्लबका लागि आवश्यक भएको उल्लेख गरिएको छ ।

रोहित अहिले बिदा मनाउन नेपालमा छन् । सम्झौता थप गर्ने क्लबको निर्णयसँगै अब छिट्टै जकार्ता जाने रोहितले ट्वीटमार्फत बताएका छन् । सन् २०१७ पेर्सिजनामा मासिक तीन हजार ५०० अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए । एन्फा एकेडेमीका उत्पादन रोहितले सन् २००९ मा व्यावसायिक फुटबल खेल्न थालेका हुन् । मच्छिन्द्र क्लबबाट फुटबल खेल्न थालेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए ।

सन्दीपको दोस्रो खेल आज
बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दै छन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिष्पर्धा गर्दैछ ।

पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो ।

बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७