राष्ट्रिय फोटो पत्रकारिता दिवसमा मैत्रीपूर्ण फुटबल : बंगलादेशको टोली विजयी


१३ बैशाख २०८१, बिहीबार
nFpJ vs banladesh

काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले एनएफपिजेलाई पराजित गरेको हो ।

खेलमा बंगलादेशकातर्फबाट जाकिर हुसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालको तर्फबाट सुमन लिम्बूले २ र दीवाकर सेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको हो । फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

football 2

खेलअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसँगै मायाको चिनो प्रदान गरिएको छ । प्रतियो गिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप), गोकर्णेश्वर नगरपालिका–९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सुज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाले सहयोग गरेका थिए ।

football 3
foot1
1 9
ball 1
ball

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७