हवाई भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)


२७ पुष २०७५, शुक्रबार
yati

काठमाण्डौ, २७ पुस । बिहीबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै शुक्रबार आन्तरिकतर्फको हवाई भाडा पनि घटेको छ ।

yati

शुक्रबार बसेको एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकको निर्णय अनुसार आन्तरिकतर्फ पुस २९ गतेदेखि लागू हुनेगरी काठमाण्डौबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटेको छ ।


यस्तो छ समायोजनपछिको हवाई भाडा

माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ

सोसियशन्सले भाडा यति ताेके पनि विभिन्न एयरलाइन्सहरुले यात्रुलाई छुट दिने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७