कांग्रेसको आकस्मिक पत्रकार सम्मेलन : सरकारले कांग्रेसको अस्तित्वमाथि हमला गरेको आरोप


३० पुष २०७५, सोमबार
mahasamiti congress 18 IVz6SdQeoH

काठमाडौँ, ३० पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसलाई काङ्ग्रेले यसलाई आफ्नो पार्टीको अस्तित्वमाथिको हमलाकाे रूपमा लिएको जनाएको हो ।

mahasamiti congress 18 IVz6SdQeoH
फाइल तस्बिर

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले काङ्ग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरे । वरिष्ठ नेता पौडेलले भने, ‘अब हामीले टुलुटृलु हेरेर बस्न नसक्ने अवस्था आयो, काङ्ग्रेसको अस्तित्वमाथिको हमलाका रुपमा हामीले यस घटनालाई लिएका छौँ ।’

तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा स्व सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुबै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो ।

मुलुकको शान्ति प्रक्रियाका नेतृत्वकर्ता स्व गिरिजाप्रसादको श्वासप्रश्वासबाट ग्रसित भई निधन भएको थियो भने संविधान जारी गर्दाताका सरकारको नेतृत्वकर्ता स्व सुशील कोइराला जीवनको उत्तराद्र्धमा क्यान्सरबाट पीडित थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई सङ्घीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आफूहरुलाई जानकारी आएको नेता पौडेलले दावी गरे । भने, ‘तर मन्त्रिपरिषद् बैठकले काङ्ग्रेसका दुबै नेताका नामका बाहेक नौ अस्पताललाई मात्र सदर गरी निर्णय गर्यो, र स्वास्थ्य मन्त्रालयले ती दुबै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले आज खबर पायौँ ।’

सो खबर पाएलगत्तै काङ्ग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेट्न खोजेका थिए । सचिवालयले प्रधानमन्त्रीको व्यस्तताले भेटका लागि भोलि मात्रै समय उपलब्ध हुने खबर गरेको उहाँले सञ्चारकर्मीलाई जानकारी दिए ।

काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेर सरकारले दिन खोजेको सङ्केतप्रति काङ्ग्रेस सशङ्कित भएको बताउँदै नेता पौडेलले भने, ‘अब हामी प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौँ, त्यसपछि सरकारको यही रबैया रह्यो र प्रतिपक्षीप्रति पक्षपातपूर्ण व्यहार गरे हामी कठोर कदम चाल्न बाध्य हुनेछौँ ।’ नेता पौडेललले कठोर कदमका रुपमा काङ्ग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

सञ्चारकर्मीको प्रश्नमा उनले नेपाल वायु सेवा निगमको वाइड बडी खरीद प्रक्रियामा देखिएको अनियमितताप्रति छानबिन हुनुपर्ने माग गरे । उनले निर्मला हत्याकाण्डका दोषी पत्ता नलाग्नु पछाडि घटनामा शक्तिशाली मान्छेको संलग्नता भएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

सरकार शान्तिसुरक्षा र विकासमा असफल भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका सन्दर्भमा बनिसकेका अस्पताल विघटन गर्न खोजेर उल्टो बाटोमा हिँडेको आरोप लगाए । काङ्ग्रेस हालसम्म संयमित र जिम्मेवार प्रतिपक्षको भूमिकामा सरकारलाई बेलाबेलामा सचेत गराउँदै आएको बताउँदै उहाँले आफूहरुले सरकारलाई सुझाव दिँदै आएको भए पनि नसुनेको आरोप लगाए ।

चिकित्सा विधेयक पनि संसद्बाट बहुमतका आधारमा जबर्जस्ती पारित गर्न खोजिए प्रतिवाद गर्ने धारणा व्यक्त गर्दै उनले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७