धुर्मुस–सुन्तलीको प्रेम गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर (भिडियोसहित)

काठमाडौं : नेपालका चर्चित तथा अन्तराट्रिय गायकको उपाधि समेत पाएका ‘राई इज किङ’ अर्थात् गायक राजेश पायल राई  र चर्चित गायिका अन्जु पन्तले धुर्मुस–सुन्तलीको प्रेम गीतमा स्वर दिएका छन् । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल र कुन्जना घिमिरे ( धुर्मुस सुन्तली) को दसौँ वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा तयार पारेको म्युजिक भिडियोमा गायक राई र गायिका पन्तले ‘म जुन दिन देखी तिम्रो राजा बने तिमी बनेउ रानी’ बोलको गीतमा स्वर दिएका हुन् ।
धुर्मुस सुन्तलीले आफ्नो १० औँ विवाहउत्सव धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगै एनिभर्सरी मनाउँदै उक्त गीत सार्वजनिक गरेका छन् । गीतमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् ।
पप्पा र नवराज उप्रेतीले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज)को कोरियोग्राफी रहेको छ। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैँले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।
एकिृत बस्ती निर्माण गरिरहेका धुर्मुस सून्तलीले दर्शकको अपेक्षा अनुसार यो भिडियो उपहार स्वरूप सार्वजनिक गरेका बताएका छन् ।  धुर्मुस सुन्तली २०६५ मङ्सिर १४ गते वैवाहिक जीवनमा प्रवेश गरेका थिए । मङ्सिर ४ गते आफ्नो दसौँ एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् ।
उनीहरूले आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनीहरूले एनिभर्सरी सेलिब्रेसन गरे । एनिभर्सरी मनाउँदै उनीहरूले उत्कृष्ट काम गर्ने कामदार र स्थानियहरुलाई पुरस्कार समेत दिएका छन् ।

एनिभर्सरी सेलिब्रेसनकाे तस्बिर :

यसमा तपाईको प्रतिक्रिया