कोशीका मुख्यमन्त्रीसँग बहुमत नरहेको पत्र सरकार र प्रदेश प्रमुख कार्यालयमा


१३ बैशाख २०८१, बिहीबार
kedar karki1707306985

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।

कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई ७ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो । उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो ।

केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरण बनेपछि चैत २६ मा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि मुख्यमन्त्रीसँग प्रदेशसभामा बहुमत नरहेको भन्दै एमाले र माओवादी केन्द्र विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्ने संकल्प प्रस्ताव वैशाख ७ मा बहुमतले पारित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७