काठमाडौंमा मर्निङवाक हिंडेका मानबीरको राँगाले हानेर मृत्यु, गोली हानेर मारियो राँगो


११ फाल्गुन २०७५, शनिबार
Buffalo
सांकेतिक तस्वीर

काठमाडौं, ११ फागुन । चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँमा मनिङ्ग वाकमा निस्किएका एक व्यक्तिको राँगाको आक्रमणमा परी ज्यान गएको छ ।

Buffalo

आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ । राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमारविक्रम थापाले जानकारी दिएका छन् ।

मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त चन्द्रागिरीको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो ।

थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ । यसअघि बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई पनि प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितण्डा मचाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७