बलात्कार गर्नेलाई अब मृत्युदण्डको सजाय, मन्त्रिपरिषदद्वारा ऐन पारित


९ बैशाख २०७५, आईतवार
death penalty

नयाँ दिल्ली, ९ बैशाख । भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिमण्डलको एउटा विशेष बैठकबाट त्यस्तो कार्यकारी आदेश अनुमोदन गरिएको हो ।death penaltyप्रतिनिधी तस्बर ।

शनिबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिए ।

महिला तथा बालविकास मन्त्री मेनका गान्धीले बलात्कारीलाई मृत्युदण्ड दिनेगरी पक्सो एक्ट संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो निर्णयसँगै १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युको सजाय दिने बाटो खुलेको छ।

सन् २०१६ मा बालिका बलात्कारसम्बन्धी झण्डै १९ हजार घटना भारतमा दर्ता भएको सरकारी आँकडाले देखाउँछ । अर्थात् प्रत्येक दिन ५० भन्दा बढी त्यस्ता घटना दर्ता भएका थिए।india rape getty

जम्मूको कठुआमा ८ वर्षीया नाबालिका बलात्कारको घटनाले भारतको सर्वत्र आलोचना भइरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले बलात्कारीविरुद्ध कठोर कदम चालेको बताइएको छ ।

भारतमा शृंखलाबद्ध रूपमा भइरहेका बालिका बलात्कारका घटनाहरूप्रति व्यापक विरोध भइरहेका बेला सरकारले यस्तो निर्णय लिएको हो। तीमध्ये केही घटनामा सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी)का सदस्यहरू पनि संलग्न रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७