मोवाइल छिट्टो चार्ज गर्नुछ ? यसो गर्नुस्


७ जेष्ठ २०७५, सोमबार
mobile charg

काठमाठौं, ७ जेठ । मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ । एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ । यहाँ केहि तरिका छन् जुन तपाईलाई सहयोगी हुन सक्छन् ।mobile charg

१) मोवाइललाई फ्लाइट मोडमा राख्ने : मोवाइललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन् । जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ । त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस जस्ता फिचर बन्द हुन्छन् ।

२) मोवाइल बन्द गर्नुस् : मोवाइ फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ । यो एउटा ‘मिथ’ जस्तै बनेको छ । तर, यो सत्य भने होइन । तर, मोवाइल अफ गरेर चार्ज गर्दा छिटो चार्ज हुने कुरा भने सत्य हो ।

३) युएसबी पोर्टमा चार्ज नगर्नस् : मोबाइल फोन युएसबी पोर्टबाट ढिलो चार्ज हुन्छ । त्यस कारण विजुलीबाट चार्ज गर्दा छिटो हुन्छ । एप्पल फोनको लगि कम्पनीले मोवाइलको फोन एडप्टरसँग भएको युएसवी केवलबाट विजुली पोइन्टबाट चार्ज गर्न सुझाव दिएको छ ।

४) उचित तापक्रममा राख्नुस् : धेरै तापक्रम ब्याट्रीको चार्ज टिकाई राख्नको लागि हानिकारक हुन्छ । एप्पलले तापक्रमका कारण ब्याट्रीको क्षमतामा प्रभाव पार्ने भन्दै घामबाट समेत मोवाइललाई टाढा राख्न भनेको छ ।

५) आधिकारिक चार्जर प्रोगोग गर्नुस् : सवै चार्जर एकै प्रकारका हुँदैनन् । फोनको आधिकारिक चार्जर प्रयोग गर्दा मोवाइल सुरक्षित पनि हुन्छ । अनधिकृत चार्जर प्रयोग गर्दा समस्या आउन सक्छ । यसले राम्रोसँग मोवाइल चार्ज नहुन पनि सक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७