विवादपछि प्रियंकाले माफी मागिन्, ‘क्वान्टिको’मा यस्तो बोलेकी थिइन् (भिडियोसहित)


२७ जेष्ठ २०७५, आईतवार
priyanka chopra

काठमाडौं, २७ जेठ (एजेन्सी) । अमेरिकी श्रृंखला ‘क्वान्टिको’मा अभिनय गरेर ग्लोबल आइकन बन्न सफल बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले ‘क्वान्टिको’कै कारण विवादित बनेकी छिन् । priyanka chopra

क्वान्टिकोको तेस्रो संस्करणको पाँचौं भागमा हिन्दु आतंकवादसँग सम्बन्धित एक दृश्यलाइ बोलेको एउटा सम्वादका कारण उनी विवादमा आएकी हुन् । ‘क्वान्टिको’ अमेरिकाको चर्चित टेलिभिजन सिरीज हो । यस सिरीजको तेस्रो सस्करणको ‘द ब्लड आफ रोमियो’ मा देखाइएको दृष्यलाई लिएर सामाजिक सञ्जालमा चर्को विवाद भएको थियो ।

जुन दृश्यमा एक भारतीय हिन्दुलाई आतंककारी भनिएको छ । उक्त संवाद प्रियंकाले बोलेकी छिन् ।  अधिकांश भारतीय नागरिक प्रियंकामाथि खनिएका छन् ।  भने भारतीय सामाजिक सञ्जालमा यतिखेर #ShameOnYouPriyankaChopra  र  #BoycottQuantico  ह्याशट्याग राखेर प्रियंकालाई ट्रोल गरिरहेका छन् ।

उक्त विवादका कारण उनले उनले ट्वीटरमार्फत माफी मागेकी छिन् । यसअघि ‘क्वान्टिको’ सिरीजका निर्माताहरुले समेत यसै विषयलाई लिएर माफी मागेका थिए ।
प्रियंकाले सोही विषयमा आइतबार ट्वीट गरेकी छिन । उनले ‘क्वान्टिको’ को पछिल्लो विवादित अंकमा कसैको भावनामा ठेस पुगेकाले आफूलाई धेरै दुःख लागेको र त्यस प्रति माफी माग्न चाहेको बताएकी छिन् । उनले आफूले जानीजानी कसैको भावनामा ठेस पु¥याउने उद्देश्य नरहेको पनि बताएकी छिन् ।

उनले बोलेको सम्वाद  
‘यो पाकिस्तानी होइन, यसको घाँटीमा रुद्राक्षको माला छ । यो कुनै पाकिस्तानी मुसलमानको घाँटीमा हुन सक्दैन । यो एउटा भारतीय राष्ट्रजादी हो जो पाकिस्तानलाई फसाउने प्रयास गर्दैछ ।’

यही सम्वाद भएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनी आलोचित भएकी हुन् ।

पाँचौ भागको कथा अनुसार प्रियंका एफबिआइ एजेण्टको भूमिकामा छिन् । उनको टोलीले गिरफ्तार गरेका केही शंकास्पद व्यक्तिहरु पाकिस्तानी भएको शंका हुन्छ । प्रियंकाले एउटा व्यक्तिको घाँटीमा रुद्राक्षको माला देखेपछि यो सम्वाद बोल्छिन् ।

भारतीय अभिनेता शत्रुघन सिन्हाले ट्वीट गर्दै केही पैसा र प्रसिद्धिका लागि आफ्नै देशको बेइज्जती गरेको भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७