थाप्लोमा ३७ अर्ब ऋणको भारी बोकेर उड्दै नेपाल एयरलाइन्स, कसको कति ?


३१ जेष्ठ २०७५, बिहीबार
nepal airlines

काठमाडौं, ३१ जेठ । बाहिरबाट हेर्दा राम्रो देखिए पनि सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्स थाप्लोमा झण्डै ३७ अर्ब रुपैयाँ ऋणको भारी बोकेर उडिरहेको छ ।nepal airlines

नेवानिले ऋणको भार बढ्दै गएपछि सरकारसँग पूँजी विस्तारका लागि पाँच अर्ब रुपैयाँ माग गरेको छ । नेवानिले सञ्चय कोष, नागरिक लगानी कोष, चिनियाँ एक्जिम बैंक र सरकारी ऋण लिएको छ । नेवानिका अनुसार २ वटा एयरबस खरिदका लागि १०.५ प्रतिशतमा व्याजदरमा सञ्चय कोषसँग १० अर्ब ऋण लिएको छ । नेवानिले एयरबस खरिद गर्न आर्थिक वर्ष २०७१–०७२ बाट किस्ताबन्दीमा रकम तिर्ने गरी सञ्चयकोषसँग ऋण लिएको थियो । यसैगरी नेवानिले चीनबाट ल्याएको तीन वटा वाई १२ सिरिजको जहाज र एमए ६० जहाजको पनि एक्जिम बैंकलाई २ अर्ब १२ करोड रुपैयाँ ऋण तिर्नुपर्ने छ ।

चिनियाँ जहाज खरिदमा अबको ६ वर्षपछिबाट १.७५ प्रतिशत ब्याजदरमा रकम तिर्ने गरी नेवानिले एक्जिम बैंकबाट ऋण लिएको थियो । यसै गरी गत आवको मात्रै नेवानिले बाइडबडी जहाज खरिदका लागिसञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रुपैयाँका दरले २४ अर्ब रुपैयाँ पनि नेवानिको ऋण लिने सम्झौता गरेको थियो । सम्झौता अनुसार नेवानिले अहिलेसम्म दुई संस्थाबाट गरी ८ अर्ब ऋण लिइसकेको छ । वाइडबडी जहाज खरिदका लागि सञ्चय कोषको ब्याज ९.५ प्रतिशत र नागरिक लगानी कोषको ९ प्रतिशत ब्याज तोकिएको छ ।

यस बाहेक पनि नेवानिले नेपाल सरकारलाई ५८ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । नेवानिले गत आवमा २४ करोड रुपैयाँ नाफा गरेको थियो । तर, पछिल्लो समय नेवानिको नाफा रकम ऋणको ब्याज तिर्नमा खर्च भइरहेको छ । जहाज चलाएर नेवानिले फाइदा गर्न नसकेको छैन । नेवानिको खर्च व्यवस्थापनमा प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ मात्रै हो । यस्तो अवस्थामा नेवानिको पूँजी विस्तार नहुने हो भने नयाँ जहाज खरिददेखि ऋण चुक्ता गर्ने समेत मुस्किल हुने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७