नेपालका यौनकर्मीलाई सरकारले तह लगाउने, ल्यायो यस्तो कानून


११ असार २०७५, सोमबार
youn karmi

काठमाडौं, ११ असार । नेपालमा यौन कारोबार भुसको आगो जस्तै फैलिइरहेको गुनासो बढिरहेका बेला सरकारले यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने भएको छ ।youn karmi

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश शहरमा यौनधन्धा फैलिँदा समाजमा विकृति बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउन लागेको हो । शहरका सार्वजनिक स्थलहरूमा नै खुलेआम यौनजन्य गतिवित्रि मौलाएपछि यसलाई रोक्ने गरी आउँदो भदौ १ गतेबाट लागू हुने गरी नयाँ कानुन ल्याउन लागिएको हो । उक्त कानुनमा सार्वजनिक स्थानमा अश्लिल गतिविधि वा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ । ‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नु हुँदैन’ भनिएको छ । यसो गरे १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७