गर्भवती श्रीमतीलाई श्रीमानले नै गराए १० जनाबाट सामुहिक बलात्कार


११ असार २०७५, सोमबार
youn karmi 1

काठमाडौं, ११ असार । आफू गर्भवती भएका बेला आफ्नै श्रीमानले १० जना युवाकबाट सामुहिक बलात्कार गराइ चरम यातना दिएकी एक महिला अहिले दोषीलाई कारवाही गराउनको लागि संघर्ष गरिरहेकी छिन् ।youn karmi 1

ती महिलालाई आफ्ना श्रीमानले ३ पटक ‘तलाक’ भनेर सम्बन्ध विच्छेद गर्ने नियमको पक्षमा भएको कार्यक्रममा सहभागी हुन भनेका थिए । तर, ती महिलाले यसको विरोध गरेपछि उनले आफ्नै अगाडि १० जना केटाहरु बोलाएर आफ्नी गर्भवती श्रीमतीलाई सामूहिक बलात्कार गर्न लगाएका थिए ।

ती महिलाले अहिलेसम्म दोषीलाई कारवाही गर्न प्रशासन निकै उदासिन रहेको बताएकी छिन् । भारतको उत्तर प्रदेश आगराकी ती महिलाको विवाह २१ अप्रिल २०१४ मा आगराकै जावेद हुसैनसँग भएको थियो । ती महिलाका अनुसार १८ अक्टोबर २०१६ मा आगरामा केही मुस्लिम संगठनले ३ तलाकको पक्षमा महिलाहरुको र्याली निकालेका थिए । जावेदले पत्नीलाई त्यो र्यालीमा सहभागी हुन पठाएका थिए । र्‍यालीमा सहभागी हुने महिलाहरुलाई पैसा पनि दिइएको थियो ।

तर ती महिलाले श्रीमान् जावेदसँग आफ्नी श्रीमतीलाई तीन तलाक भनेकै भरमा छोड्न पाइने व्यवस्था गलत भएको भन्दै आफू त्यसको पक्षमा नभएको बताइन् । जावेदले उनलाई निकै सम्झाइबुझाइ गर्न चाहे तर उनले मानिनन् । त्यसपछि जावेदलाई उनलाई निर्घात रुपमा कुटपिट गरी कोठामा बन्द गरिदिए । लगातार २ रातसम्म ३–३ जना केटाहरु बोलाएर सामूहिक बलात्कार गराए । त्यतिबेला उनको पेटमा २ महिनाको बच्चा थियो । सामूहिक बलात्कारका कारण गर्भपतन भयो । त्यतिबेला उनी कोठामा बन्द थिइन् । बाटोमा हिँड्ने कसैले उनको चिच्याएको आवाज सुनेपछि प्रहरी बोलाएर ल्याए । प्रहरीले उनलाई छुटाएर शाहगंज थानामा पुर्‍याए ।

त्यही समय उनका दुई फोटो भाइरल भए । ती फोटोमा उनका हातखुट्टा बाँधिएका थिए र पिठमा कुटपिटका निशान थिए । प्रहरीले घटनालाई दबाएर उनलाई घरमै पठायो । जहाँ उनलाई फेरि कैद गरियो । उनले चुपचाप कैदबाटै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखिन् । १५ सेप्टेम्बर २०१६ मा यसको जवाफ पनि आयो र यो चिठी उनका परिवारका अन्य सदस्यको हात लाग्यो । त्यसपछि उनीहरुले अझै यातना दिन थाले । १ जनवरी २०१७ को दिन उनका श्रीमान्ले आफ्नै अगाडि १० जनाबाट सामूहिक बलात्कार गराए । यतिबेला उनको गर्भमा अर्को बच्चा थियो । यो बच्चा पनि बलात्कारपछि बच्न सकेर । त्यतिबेला उनलाई जतिबेला पनि मदिरा पिलाएर राखिन्थ्यो ताकि उनी बेहोस रहिरहुन् ।

त्यसपछि उनी फेरि बाटो हिँड्नेको सहयोगमा प्रहरीसम्म पुगिन् । तर प्रहरीले श्रीमान् नै सामूहिक बलात्कारमा संलग्न भएको भन्दै केही गर्न नमिल्ने भनेर घटना दबाउन खोज्यो । उनी माइती गएर बसिन् । २ फेब्रुअरीका दिन फेरि उनी प्रहरी अधिकारीकहाँ गइन् तर मुद्दा दर्ता भएन । १८ मे का दिन उनी लखनउ गएर मुख्यमन्त्री योगी आदित्यनाथसँग उजुरी गरिन् । त्यसपछि बल्ल मुद्दा जाँचको श्रेणीमा आयो । २ जूनका दिन प्रहरीले उनलाई घटनास्थल लिएर गयो तर त्यहाँ प्रहरीकै अगाडि महिलाहरुले उनलाई ‘शरीयत’ नमानेको भन्दै कुटपिट गरे ।

प्रहरीले जसोतसो उनको ज्यान बचायो त्यसपछि उनको उजुरीको आधारमा श्रीमान् जावेद र उनका साथीहरु एजाज, जाहिद, जाकिर, अब्दुल र अन्य चारजना नाम नखुलेका व्यक्तिविरुद्ध सामूहिक बलात्कार, र गर्भपतना गराएको मुद्दा दर्ता गरायो । घटनाको ५ महिनापछि मुद्दा दर्ता भएकोमा त्यसको एक महिनापछि बल्ल उनको मेडिकल जाँच भयो । मेडिकल जाँचमा घटनाको ६ महिनापछि पनि उनको पाठेघर फुटेको, गर्भपतन भएको र निकै दर्दनाक बलात्कार भएको रिपोर्ट आएको थियो । यति भइसक्दा पनि आरोपीहरुलाई प्रहरीले पक्राउ नगरेपछि उनले फेरि प्रधानमन्त्री मोदीलाई चिठी लेखिन् । यही महिना प्रधानमन्त्री कार्यालयबाट पीतिलाई सहयोग गर्न भन्दै स्थानीय प्रशासनमा पत्र आए पनि कुनै कारवाही भएन । प्रहरीले प्रधानमन्त्रीको पत्रपछि अनुसन्धान भइरहेको र छिट्टै कारवाही हुने आश्वासन दिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७