आठ अंकले घट्यो शेयर बजार


१ श्रावण २०७५, मंगलवार
decreasing share

काठमाडौँ, १ साउन । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ ।decreasing share

नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ ।

कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टककाअनुसार आज तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २।७९, वित्त ३।७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४.७७, होटल ५३।११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले घटेको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७