आमाले खुट्टा ढोकेर ‘जदौँ’लाई गरे अन्तिम बिदाइ (फोटो फिचर)

फूल र अबिर बिनाको ‘जदौ’को अन्तिम बिदाइ


२६ श्रावण २०७५, शनिबार
DAHAL yagyanidhi प्रसिद्ध रेडियोकर्मि तथा साहित्यकार दाहाल यज्ञनिधी

काठमाडौं, २६ साउन । साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको अन्तिम बिदाइ गरिएको छ । उनकै इच्छा अनुसार पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुझाएर अन्तिम बिदाइ गरिएको हो । आमा कृष्णकुमारीले छोरालाई घरबाट त्रिबि अस्पातल लान अगाडी घरमा पहिले अनुहारमा छोएर अनि खट्टामा ढोकेर बिदा गरिन् ।  


मिर्गौला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण शनिबार मृत्यु भएको थियो ।  खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० यता निरन्तर साहित्य र सञ्चार क्षेत्रमा क्रियाशिल थिए । उनको २०५७ फागुन १० मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

DAHAL yagyanidhi प्रसिद्ध रेडियोकर्मि तथा साहित्यकार दाहाल यज्ञनिधी 34
आमा कृष्णकुमारीले छोरा दाहाल यज्ञनिधिलाई त्रिबि अस्पातलमा अन्तिम बिदा गर्दै


दाहालकै इच्छा अनुसार उनको पार्थिक शरीर अस्पताललाई दिइएको हो । उनले जीवनको इच्छा ‘जदौ’ नामक कृतिको ४३ पृष्ठको ‘जीवनका इच्छा र योजना’ शीर्षकमा उनले लेखेका थिए । उनको जीवनीसम्बन्धी पुस्तकका लागि गरिएको कुराकानीमा दाहालले भनेका थिए, ‘मरेपछि मेरो लासमा फूल, अबिर र धुप बात्ती केही नपरोस् । त्रिवि शिक्षण अस्पतालले आफ्नो सिंगो शरीर उपयोग गरोस् ।र जीवनपछि कुनै काजकिरिया र दानदक्षिणको तरनतारनको पनि कुनै विश्वास छैन। मरेपछि फूल चढाउनु पाप हो। फुलिरहेको फूल टिपेर लाशमा हाल्नु भूल हो । रङ लगाउनु र बत्ती बाल्नु पनि भूल हो। लोभीपापीहरुको समाजमा कुनै गुठी स्थापना वा केही सेवाको काम थालनी गरे पनि भोलि निरन्तरता हुन सक्दैन।’


यही उनको इच्छा अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा पत्नी सुधा र आमा कृष्णकुमारीले उनको पार्थिव शरीर अस्पतालको क्लिनिकल एनाटोमी विभागका प्रमुख डा. निरञ्जु रञ्जीतलाई हस्तान्तरण गरेका हुन् ।


त्यसअघि शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म दाहालको शव श्रद्धाञ्जलिका लागि उनकै निवास ज्योतिनगरमा राखिएको थियो राखिएको थियो। दाहालको इच्छा अनुसार श्रद्धाञ्जलिमा उपस्थित शुभचिन्तकले फूल, अक्षता र अबिर चढाएनन् । उनलाई सुमेरु अस्पतालबाट घर पुर्याएपछि पत्नी र आमाले सेतो कपडा ओढाएर श्रद्धाञ्जलि दिए ।


थप हेर्नुहोस् तस्बिरहरु

DAHAL yagyanidhi प्रसिद्ध रेडियोकर्मि तथा साहित्यकार दाहाल यज्ञनिधी 37

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७