पूर्णचन्द्र थापा सेनाको प्रधानसेनापतिमा सिफारिस


३ भाद्र २०७५, आईतवार
purnachandra thapa 20180726151156

काठमाडौं, ३ भदौं । बलाधिकृत रथी पूर्णचन्द्र थापा नेपाली सेनाको प्रधानसेनापतिमा सिफारिस भएका छन् ।

purnachandra thapa 20180726151156

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

साउन २४ देखि उनी कामु प्रधानसेनापतिका रुपमा सेनाको कमाण्ड सम्हाल्दै आएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ देखि अवकाश पाउने भएपछि एक महिनाअघि विदामा बसेपछि उनलाई सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

यसैगरी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिब १ अर्ब ६४ करोड १५ मिलियन डलर स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालका तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौत, पुर्नवास तथा व्यवस्था पुनस्र्थापना कार्यकारी निर्देशक पदमा सिंचाई तथा जलस्रोत विभागका उपमहानिर्देशक चुर्णबहादुर ओली, प्राविधिक कार्यकारी निर्देशक पदमा विद्युत् विकास विभागका नरेन्द्रसिंह भण्डारीलाई काजमा खटाउने निर्णय गरेको छ ।

हाल पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई बढीमा २०७६ असार मशान्तसम्मका लागि काजमा खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७