निहारिकाको योगमायालाई मदन पुरस्कार, शान्तदासलाई जगदम्बा श्री


११ भाद्र २०७५, सोमबार
nilam

काठमाडौं, ११ भदौ । यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ लाई प्रदान गरिने भएको छ ।

nilam

छनौट गरिएका आठ पुस्तकमध्ये निलमको ‘योगमाया’ लाई मदन पुरस्कार प्रदान गरिने भएको हो ।
मदन पुरस्कारका लागि प्राप्त भएका २५३ मध्ये केही समय अगाडि आठ पुस्तक छनौट गरिएको थियो ।

छनोट भएका आठ पुस्तकमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ’भुइँया’, तीर्थ गुरुङको ‘पाठशाला’, नयनराज पाण्डेको यार, राज माङलाकको ‘लिम्बुनी गाउँ’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका छन् ।

त्यस्तै जगदम्बश्री पुरस्कारबाट वरिष्ठ साहित्यकार शान्तदास मानन्धर सम्मानित हुने भएका छन् । बाल साहित्यको विकास, विस्तारमा तथा पर्वद्धनमा पाँच दशकदेखि समर्पित भएको भन्दै उनलाई जगदम्बश्री पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७