अमेजनले कर्मचारीको तलब प्रति घण्टा १५ अमेरिकी डलरको दरले बढाउँदै


१७ आश्विन २०७५, बुधबार
jeff bezos amazon file ap jef 180904 hpMain 4x3 992 1

न्यूयोर्क, १७ असोज  । विश्वकै सबैभन्दा धनी व्यक्ती जेफ बेजासको कप्पनी अमेजनले आफनो अमेरिकी कर्मचारीहरुको तलबमा प्रति घण्टा १५ अमेरिकी डलर बढाउने घोषणा गरेकाे छ ।

अमेजनले मंगलबार आफनो अमेरिकाको कर्मचारीहरुको लागि प्रति घण्टा १५ अमेरिकी डलर तलब बढाउने घोषणा गरेको हो ।

अमेजनले आफनो कर्मचारीहरुको न्यनतम तलब बढाउँदै लगेको छ । सुरुवाती अवस्थामा राम्रो तलब दिने अमेरिकी प्रविधि कम्पनीमा अमेजन पहिलो स्थानमा पर्छ । यो कम्पनीमा मध्यम कामदारले प्रतिवर्ष १ लाख ९ हजार तलब र २२ हजार डलर बोनस पाउने गरेका छन् ।

यो सबै किसिमको कर्मचारीहरु लागि हुने भएको छ । ‘ हामी के गर्न चाहन्छौं भने कडा मेहनत गरौं, र हामी नेतृत्व गर्न सक्कौ‌’, अमेजनको संस्थापन तथा सिइओ जेफ बेजोस भने,’हामी यस परिवर्तनको बारेमा उत्साहित छौं र हाम्रा प्रतियोगीहरू र अन्य ठूला नियोक्ताहरूलाई सामेल हुन प्रोत्साहन दिन्छौं।’

तलब बृद्धिबाट कम्पनीको २,५०,००० भन्दा बढी भन्दा कम्पनीका कर्मचारीहरू र एक लाख मौसमी कर्मचारीहरुले लाभ उठाउनेछन्।

यूएसको लागि संघीय न्यूनतम वेतन वर्तमानमा ७।२५ डलर छ । यद्यपि अधिकांश राज्यहरूले अधिक तबल दिने गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७