अपराध नियन्त्रणमा प्रहरी सक्षम छ, तर समय र धैर्यता आवश्यक : महानिरीक्षक खनाल


२५ आश्विन २०७५, बिहीबार
Sarbendra Khanal
g]kfn k|x/Lsf] jflif{sf]T;j g]kfn k|x/Lsf] ^#cf}F jflif{sf]T;jsf] pknIodf sf7df8f}Fsf] gS;fnl:yt k|x/L k|wfg sfof{nodf laxLaf/ cfof]lht ;df/f]xdf dGtJo JoQm ub}{ k|x/L dxflg/LIfs ;j]{Gb| vgfn . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २५ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ रहेको तर घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक रहेको बताएका छन् । प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको उनको भनाई छ ।

Sarbendra Khanal
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल



प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । भने, ‘नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको बताए । महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।
सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उल्लेख गरे ।

‘आक्षेपबाट मुक्त हुन्छौं’
खनालले संगठनमाथि लाग्दै आएको आक्षेप र शंकालाई मुक्त बनाउने प्रयासमा आफू रहेको बताए । उनले केही कर्मचारीको कमीकमजोरीलाई लिएर संगठनका सबै अधिकारी र समग्र संगठनलाई कमजोरी ठान्न नहुने बताए ।

उनले जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती तथा त्रुटीहरूले पनि समग्र संगठनमाथि नै लाञ्छना लाग्ने हुँदा राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भिरतापूर्वक वहन गर्दै सबै प्रहरी कर्मचारीहरूले इमान्दारिता, निष्ठापूर्वक र दृढतापूर्वक काम गर्नुपर्ने बताए।

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उनको भनाइ थियो ।

Rss Images 1539237651905 PRO KTM PM NEPALPOLICE 20181011 64


६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए ।

कार्यक्रममा अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गर्नुभएको थियो । यस्तै, प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले वीर प्रहरीका परिवारलाई राहत प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा यस वर्ष कार्यालय सहयोगी हरिबहादुर गुरुङ, महन्थ चौधरी, प्रहरी जवान राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना र प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामीले कामको सिलसिलामा वीरगति प्राप्त गरेको जानकारी दिइयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७