फेरि पूरानै जिम्मेवारीमा जिल्ला जनस्वास्थ्य कार्यालय


५ कार्तिक २०७५, सोमबार

काठमाडौं, ५ कात्तिक । लामो अन्योलका बीच जिल्ला जनस्वास्थ्य कार्यालयहरु फेरि पूरानै जिम्मेवारीमा फर्किएका छन् ।

jila health office

काठमाडौं– सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई प्रदेश माताहत रही सञ्चालन गर्न निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ७७ वटै जिल्ला जनस्वास्थ्य कार्यालयलाई साविककै जिम्मेवारीहरु सम्पन्न गर्नेगरी यथावत रुपमा सञ्चालन गर्न सातै प्रदेश सरकारलाई परिपत्र गरेको हो ।

यसअघि जनस्वास्थ्य कार्यालयबाट हुँदै आएका सबै कार्य सम्पादन गर्नेगरी अर्को जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेको हुँदा हाललाई प्रदेशको मातहतमा रहनेगरी जनस्वास्थ्य कार्यालयलाई नै सुचारु गर्न लागिएको हो ।

मन्त्रालयले जनस्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरुको समायोजन, भौतिक तथा सूचनाजन्य सम्पत्तिहरुको हस्तान्तरण, आर्थिक प्रशासन सम्बन्धी कागजातहरुको व्यवस्थापन लगायतको कार्य गर्न नयाँ प्रादेशिक संयन्त्र स्थापना गर्ने प्रक्रियामा रहेको मन्त्रालयअन्तर्गत स्वास्थ्य समन्वय महाशाखाका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिएका छन् ।

सरकारले नेपालको सविंधान २०७२ को कार्यान्वयनस्वरुप यसअघि नै देशभरका स्थानीय स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरीसकेको छ ।
यस्तो छ परिपत्र

janaswsthya rGm0J6bn1e

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७