चर्चित ‘स्पाइडर म्यान’ स्ट्यान लीको निधन


२७ कार्तिक २०७५, मंगलवार
stan lee

काठमाडौं, २७ कातिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ ।

stan lee

सन् १९६१ मा मार्भल कमिक्सका लागि उनले चार वटा जीवन्त पात्रको सिर्जना गरेका थिए । त्यसमा स्पाइडर–म्यान, द इनक्रेडेबल हल्क लगायत रहेका छन् ।

उनको स्थानीय समय अनुसार सोमबार बिहानै लस एन्जलसमा रहेको सिडर–साइनाई मेडिकल सेन्टरमा निधन भएको उनका पारिवारिक वकिललाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

लीलाई धेरैले पप कल्चरका फादरका रुपमा लिने गर्छन्, जसले धेरै पात्रहरु जन्माए । गएको वर्ष उनकी श्रीमती जोनको ९५ वर्षकै उमेरमा निधन भएको थियो । उनीहरु ६९ वर्ष वैवाहिक सम्बन्धमा रहे ।

सन् १९३९ देखि काम थालेका ली हरेक मार्भेल फिल्मसमा आबद्ध थिए । तर उनले मार्भेल कम्पनी सन् १९७२ मा छोडे । आइतबार भेट्रान्स डे को दिनमा उनको फेसबुक पेजमा ली आर्मीमा रहेका बेलाको तस्बिर पोस्ट गरिएको थियो । रोमानियाबाट अमेरिका बसाई सरेका यहुदी परिवारमा लीको सन् १९२२ मा जन्म भएको हो । उनको परिवार कामकाजी थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७