गृहमन्त्री आफै झाडु बोकेर अरनिको राजमार्ग सफाइमा निस्किएपछि… (फोटो फिचर)


६ मंसिर २०७५, बिहीबार
badal 1

काठमाडौं, ६ मंसिर । राजमार्ग सबैको साझा सम्पति हो । साझा सम्पतिको संरक्षण र सरसफाइ पनि साझा दायित्व हो ।

badal 1

तर, हामीकहाँ सडक साझा भए जस्तै सडक वरपर फोहोर फ्याँक्न पाउनु पर्छ भन्ने कुरा चाँहि साझा अधिकार हो भन्ने जस्तो उल्टो बुझाइ व्यवहारमा देखिन्छ ।

यहि परिपेक्ष्यमा देशको शान्ति सुरक्षाको कमाण्ड गर्नुपर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार एकाविहानै अरनिको राजमार्गमा हातमा झाडु र मुखमा माक्ससहित देखिए । गलामा माला, हातमा पञ्जा, मुखमा माक्सलगाएर अनौठो भावभङ्गीमा राजमार्गमा निस्किएका गृहमन्त्रीले सडकको फोहोर बढारेर निश्चित स्थानमा थुपारे ।

बिहीबार गृहमन्त्रीको अगुवाइमा एक महिने अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात भएको छ । सरसफाइ कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको हो । कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारणलगायतको सहभागिता थियो ।

अभियानको शुरुवातको दिन गृहमन्त्री आए पनि उनको मुख्य अभिभारा देशको शान्ति सुरक्षा सुव्यवस्थित बनाउने हो । तर, राजमार्गको सफाइ सबैको साझा दायित्व हो । राज्य र सरकारले त राम्रा अभियानलाई आफ्नो तर्फबाट सहयोग पुर्‍याउने हो ।

यसैले राजमार्गमा जथाभावी फोहोर फ्याँक्ने काम आजैका दिनदेखि छोडी आफूलाई पायक पर्ने र आफ्नो नजिकको राजमार्ग क्षेत्रको सरसफाइमा अगुवाइ गर्नु हामी सबैको दायित्व र कर्तव्य हो । यसले हाम्रो सभ्यतालाई मात्र बढावा गर्दैन हाम्रो स्वास्थ्यमा समेत सकारात्मक नतिजा दिन्छ ।

1 2
गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार भक्तपुरमा सुरु भएको एक महिने अरनिको राजमार्ग ‘सफा, स्वच्छ, सुरक्षित, भक्तपुर अभियान’ कार्यक्रममा सम्बोधन गर्दै । तस्वीर : रासस

2 1
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७