दिउँसो टिपर चलाउन पाउनुपर्ने माग उच्च अदालतबाट खारेज


६ मंसिर २०७५, बिहीबार

काठमाडौं, ६ मंसिर । दिउँसोको समयमा टिपर चलाउन पाउनु पर्ने माग गर्दै दायर भएको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

tipper atanka 1

विरूवा कन्स्ट्रक्सन प्रालीले दिउँसो पनि टिपर चलाउन दिन माग गर्दै मंगलबार दिएको रिट न्यायाधीश टेकनारायण कुँवरको इजलासले खारेज गरिदिएको रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राति मात्र टिपर चलाउन दिने निर्णय गरेपछि विरूवा कन्स्ट्रक्सनले त्यस्तो निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत पाटन गएको थियो । मन्त्रालयको निर्णयले पेशा व्यवसाय गर्न पाउने आफ्नो हक हनन गरेको उसको दाबी थियो ।

न्यायाधीश कुवँरको इजलासले उक्त रिट खारेज गरिदिएपपछ अब दिउँसोमा टिपरहरू चल्ने छैनन् । टिपरको ठक्करबाट बढीजसो ज्यान जानेसम्मको दुर्घटना भएको निचोड निकाल्दै उपत्यकामा टिपरलाई दिउँसो कुद्न रोक लगाइएको थियो ।

बिहीबार राति मात्र भक्तपुरको सूर्यविनायकमा एक मोटरसाइकल यात्रीलाई टिपरले ठक्कर दिंदा ज्यान गएको छ । टिपरको ठक्करबाट घाइते भएका ती मोटरसाइकल चालकलाई गाडी पछाडि सारेर फेरि किचेर मारिएको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७