ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने

ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् । ओलम्पियन खेलाडीहरुको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरी हिल्स अवलोकन÷भ्रमण कार्यक्रमलाई चन्द्रागिरीमा सम्बोधन गर्ने क्रममा सदस्य–सचिव विष्टले पहिलो ओलम्पियनलाई मासिक रुपमा नगद उपलब्ध गराउदै आएकोमा बाँकी ओलम्पियनलाई पनि मासिक नगद पुरस्कार उपलब्ध गराउने बताएका हुन् । ‘हामीले पहिलो ओलम्पियनलाई मासिक १० हजार उपलब्ध गराउदै...

योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स

योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स
काठमाडौं: योनेक्स सनराइजले ब्याडमिन्टन खेलाडीलाई बिहीबार खेल सामाग्री प्रदान गरेको छ । आगामी बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । नेपालको प्रतिनिधित्व गर्ने २१ पुरुष र ११ महिला गरी ३२ खेलाडीलाई सामाग्री प्रदान गरिएको प्रतियोगिता आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई ६० हजार मूल्य बराबरको...

एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई

एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधार्इ दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पूर्व अध्यक्ष दिपक विष्ट, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ, नेकपा एमाले खेलकुद विभागका सदस्य मेघराज पौडेल, नेपाल अटोमोबाइल खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, खेलाडी संघका महासचिव शिवसुन्दर गोथे,...

मेस्सीको प्रतिमामा फेरि तोडफोड, यसरी भुइँमा लडे मेस्सी

मेस्सीको प्रतिमामा फेरि तोडफोड, यसरी भुइँमा लडे मेस्सी
राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा बर्बर हमलाको शिकार भएको छ । प्रतीमामा दुवै खुट्टा फुटाइएको छ । मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो । २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो । गएको वर्षको जुनमा अनावरण गरिएको मेस्सीको प्रतिमा योसहित दुईपटक तोडफोड भएको छ । मेस्सीको प्रतिमा अराजक समूहले गोली गाँठो भन्दा...

रियो ओलम्पियन टोलीलाई जनही एक लाखको एनओसीको सम्मान

रियो ओलम्पियन टोलीलाई जनही एक लाखको एनओसीको सम्मान
काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन् । ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी...

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौँ: दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग...

मेस्सीले जित्यो युरोपियन गोल्डेन बुट

मेस्सीले जित्यो युरोपियन गोल्डेन बुट
जुरिच (एजेन्सी) बार्सिलोनाका स्टार लियोनल मेस्सीले गए राति युरोपियन गोल्डेन बुट जितेका छन् । २०१६-१७ सिजन मा ३७ गोल गर्दै उनले उपाधि जितेका हुन् । मेस्सीले स्पोर्टिङका बास दोस्त (३४) र बोरुसिया डर्टमन्डका पियर एम्रिक अबामेयाङ (३१) लाई पछि पार्दै २०१६-१७ सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीको यो चौथो गोल्डेन बुट उपाधि हो । यसअघि मेस्सीले २००९-१०, २०११-१२ र २०१२-१३ को सिजनमा पनि गोल्डेन बुट जितेका थिए । यस उपाधिसँगै उनले...

टाइम्सलाई अल्फ बिटा फुटसल उपाधि

टाइम्सलाई अल्फ बिटा फुटसल उपाधि
काठमाडौं: टाइम्स इन्टरनेसनल कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शंखमूल फुटसलमा भएको फाइनलमा टाइम्सले आईडियल कलेजलाई टाइ ब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । टाइम्सबाट विवेक गुरुङ, सन्तोष महत, अनिश कार्की, अनिल खड्का र आशिष सुनामले गोल गरे । आईडियलबाट उर्केन शेर्पा, सागर स्याङतान, अमित लामा र सुरजज्यू ठकुरीले पेनाल्टी अवसरलाई सदुपयोग गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । उपाधिसंगै टाइम्सले १ लाख...

१३औँ साग प्रभावित हुनसक्छ,कहिले पुनर्निर्माण होला रंगशाला ?

१३औँ साग प्रभावित हुनसक्छ,कहिले पुनर्निर्माण होला रंगशाला ?
काठमाडौँ: भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि दशरथ रंगशाला पुनर्निर्माण कार्य सुरु नै भएको छैन् । पुनर्निर्माणका लागि टेन्डर हुन नसक्दा सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग प्रभावित हुने देखिएको छ । सरकारले आवश्यक बजेट विनियोजन गर्दै सागअघि नै पुनर्निर्माण गरिसक्ने जनाएको थियो । अहिले पुनर्निर्माणका लागि रंगशालाको संरचना भत्काउने काम भइरहेको छ । टेन्डरपछि निर्माणका लागि प्रक्रियागत रूपमा समय लाग्ने भएकाले समयमै काम पूरा गर्न कठिन हुने...

क्यानडा टोरन्टो तेक्वान्दोमा नेपालकी यानकुमारीलाई स्वर्ण

क्यानडा टोरन्टो तेक्वान्दोमा नेपालकी यानकुमारीलाई  स्वर्ण
काठमाडौँ: क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले सोमबार स्वर्ण पदक जितेकी छिन् । क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् । नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित...