काँग्रेस नै सबैभन्दा ठुलो दल बन्छ : कोइराला


११ मंसिर २०७४, सोमबार
Dr sashanka

नवलपुर : नेपाली काँग्रेसका महामन्त्री प्रा.डा.शशांक कोइरालाले नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा ठुलो पार्टी हुने बताएका छन् । नवलपुर जिल्लाको क्षेत्र नम्बर १ मा चुनावी अभियानका क्रममा आइतबार दलदलेमा पत्रकारहरु सँग कुराकानी गर्दै उहाँले काँग्रेस प्रतिको आकर्षण बढेकाले पहिलो पार्टी हुने दाबी गरे ।Dr sashanka
’साम्यवाद रोज्ने कि लोकतन्त्र रोज्ने ?‘ भन्दा सबै जनताले लोकतन्त्र नै रोज्ने बताईरहेको भन्दै उनले बाम गठबन्धनका कारण पनि काँग्रेस बलियो हुन मद्दत पुगेको बताउनुभयो । कोइरालाले भने, “काँग्रेसभित्र देखा परेका गुट उपगुट पनि अहिले एक जुट भएकाछन् ।” वामपन्थी शक्ति एक भएपछि देशमा साम्यबादी खतरा आउन सक्ने भन्दै गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रबादी शक्तिहरू सङ्गठित बनेको उनले बताए ।
उनले काँग्रेसले अबको १० वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने खाका तयार गरिसकेको बताउँदै अब देश सम्बृद्धितर्फ जाने बताए ।  नवलपुरबाट देशलाई उत्तर र दक्षिणी क्षेत्र जोड्ने सडक संञ्जाल निर्माणका लागि काम अघि बढिसकेको उनले बताए ।
नारायणी नदीलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाउने, अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला नवलपुरमा निर्माण गर्ने, नवलपुर क्षेत्रमा बढी दुर्घटना हुने भएकाले ट्रमा सेन्टर बनाईने लगाएतका योजना आफ्नो रहेको पनि उनले सुनाए ।
महामन्त्री कोइरालाले आफ्ना पिता विश्वेश्वरप्रसाद कोइरालाले आफू प्रधानमन्त्री हुदाँ सबै नागरिकको हैसियत आफुसरह बनाउने संकल्प लिएको स्मरण गर्दै समाजवादी चिन्तन बोकेको काँग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने लक्ष्य लिएको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७