सर्लाहीका माओवादी प्रतिनिधिसभा उम्मेदवार खारेज, के थियो कसुर ?


११ मंसिर २०७४, सोमबार
sivapujan k6kd5NOFjP

काठमाडौं: निर्वाचन आयोगले सर्लाही ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ।कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।sivapujan k6kd5NOFjP

यादव वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन्। पूर्वसभासद् यादवले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको हो। सो क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार छन्। आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ। आयोगले शनिबारकै मितिमा सो निर्णय गरे पनि आइतबारसम्म सार्वजनिक गरेको छैन।

विशेष अदालतले २६ साउन २०७२ मा कूटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा मुछिएका पूर्वसभासद् यादवलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेको थियो। त्यसउपर उनी पुनरावेदनमा गए पनि अहिलेसम्म मुद्दा किनारा लागेको छैन। त्यसवेला सभासद् बिपी यादव, नारदमुनि राना, गायत्री साहलगायत मुछिएका थिए। सर्लाहीका स्थानीय नागरिकका नाममा यादवविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीका लागि उजुरी परेको थियो।यो समचार नयाँ पत्रिकामा छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७