काश्मिर हमलाले झस्किए साउदी युवराज, पाकिस्तान भ्रमण स्थगित


५ फाल्गुन २०७५, आईतवार
saudi crown prince mmbJetYNze

काठमाडौं, ५ फागुन । साउदी अरबका युवराज मोहम्मद बिन सलमालनको प्रस्तावित पाकिस्तान भ्रमण पछि सरेको छ । पहिले युवराज फेब्रुअरी १६ को दिन पाकिस्तान आउने कार्यक्रम थियो । तर अब उनी फेब्रुअरी १७ मा इस्लामावाद आउने छन् ।

saudi crown prince mmbJetYNze

भारतीय मिडियाहरुले युवराज सलमानको पाकिस्तान भ्रमण एकदिन पछि सर्नुको सम्बन्ध भारत प्रशासित काश्मिरमा भएको घटनासँग भएको बताएका छन् । साउदी अरबले उक्त घटनालगतै आक्रमणको कडा शब्दमा भत्र्सना गरेको थियो । हाल युवराजको भ्रमणमा अचानक भएको बदलावलाई भारतीय मिडियाहरुमा सोही घटनासँग जोडर हेरिएको छ ।

तथापि, पाकिस्तानका विदेश मन्त्रालयले युवराज सलमानको यात्रामा भएको कारण खुलासा गरिएको छैन । सन् २०१७ अप्रिलमा युवराज भएपछि सलमान बिन साउदको पहिलो पाकिस्तानको भ्रमण हो । यो यात्राको दौरान युवाराजसँग एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि आउने जनाइएको छ ।

यसमा शाही परिवारका सदस्य, मन्त्री र व्यापारी पनि सामेल हुनेछन् । सो समूह १००० जनाको हुने बताइएको छ । युवराजको आगमनअघि पाकिस्तानको राजधानीमा सुरक्षा बढाइएको छ ।
पाकिस्तानको यात्रा सकेर युवराज सलमान फेब्रुअरी १९ बाट भारतको दुई दिने भ्रमणमा भारत आउने कार्यक्रम छ । युवराज भएपछि उनको भारतको लागि पनि यो पहिलो भ्रमण हुनेछ । युवराज सलमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७