मन्त्री सवार हेलिकोप्टर दुर्घटना : यी ६ जना थिए सवार

‘ठूलो आवाजसहित आगो बलेको देखियो’


१५ फाल्गुन २०७५, बुधबार
helicopter crash news

काठमाडौं, १५ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली हिंडेको छ ।

helicopter crash news

ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना स्थानीयले दिएपछि आफूहरु उद्धारका लागि दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताएका छन् ।
एयर डाइनेस्टीको हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार भएको जनाइएको छ ।

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत रहेका थिए भने हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए । हेलिकोप्टर काठमाडौंबाट मंगलबार बिहान साढे ८ बजे उडेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७