पूर्व राजालाई हेर्न सत्तारुढ दलकै नेताको भीड


३ चैत्र २०७५, आईतवार
gyanendra shah 20190316125858

गाईघाट, ३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले पूर्वको भ्रमणमा छन् । यसैक्रममा पूर्वराज ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गरेका छन् ।

gyanendra shah 20190316125858

जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जीप चढेर आएका पूर्वराजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण मन्दिरमा १५ मिनेट पूजा गरेका थिए । मन्दिरमा पूजाआरधना सकेसँगै त्यहीँ रहेको राधामाधव समितिको सभाहलमा प्रवेश गरी १० मिनेट अवलोकन गरेका थिए ।

लगत्तै पूर्व शाहीकालीन मन्त्री उदयपुर निवासी हरिबहादुर बस्नेतका परिवारले स्व. आमाको नाममा मन्दिर परिसरमै निर्माण गरेको पुण्य स्मृति भवनमा सर्वसाधरणसँग ३० मिनेट भेटघाट गरेका थिए ।

दिउँसो साढे ३ बजे सदरमुकाम गाईघाट प्रवेश गरेका पूर्व राजालाई उनका समर्थकहरुले मुख्य चोकदेखि करिव ३ सय मिटर पैदलयात्रा गराएका थिए । झण्डै दुई हजारको संख्यामा भेटघाट र हेर्नका लागि लाइन बसेका सर्वसाधरणको भिडलाई छिचोल्न उनलाई १७ मिनेट लागेको स्थानीयले जानकारी दिएका छन् । ।

पैदलयात्रामा सर्वसाधरणको भव्य स्वागत पाएका पूर्वराजा पैदलयात्रापछि पुनः गाडी चढेर मन्दिर पुगेका थिए । उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको कमाण्डले सुरक्षा दिएका थिए भने आन्तरिक सुरक्षाका लागि शिवसेना नेपालले दिएको थियो ।

जनकपुरबाट ६ वटा गाडीमा दलबल साथ पुगेका उनलाई हेर्नेको ठूलो भिड लागेको थियो । सर्वसाधरणको भेटघाटपछि आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पत्रकारसँगको साक्षात्कारका लागि १० मिनेट सयम उपलब्ध गराउने बताए पनि उनले नितान्त धार्मिक कार्यक्रम भएकाले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

राजाको स्वागतका लागि निस्किएका सर्वसाधरणले ‘राजा आऊ देश बचाऊ,’ ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ ‘नेपाली जनता के भन्छन् हिन्दु धर्म ले भन्छन्’ जस्ता नाराहरु लागेका थिए । फूलमाला, पुष्पगुच्छा लिएर सडकमा लामबद्ध भएका कतिपय सर्वसाधरणले उनको खुट्टा छुन लाग्दा आफैँले समातेका थिए ।

सत्तारुढ दलका नेता पनि पूर्व राजालाई हेर्न सहभागी
जिल्लामा पहिलो पटक पाइला टेकेका पूर्वराजालाई भेटघाटभन्दा पनि हेर्नेको भिड बढी देखिन्थ्यो । पूर्वराजालाई हेर्नका लागि सत्तापक्ष र विपक्षीलगायत पार्टीका जिल्ला तहकै नेताहरुको उपस्थिति थियो ।

पूर्वराजाको भ्रमणप्रति कुनै प्रतिक्रिया नदिएका राजनीतिक दलका नेताहरुले उनलाई हेर्नको लागि मात्र आएको बताए । सत्तापक्षका नेताहरुले औपचारिक भेटघाट र फूलमालाले स्वागत नगरे पनि नेपाली कांग्रेस समर्थकका थुपै्र कार्यकर्ता भने स्वागतमै उभिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७