प्रकाशशरण महतसहित कांग्रेस कार्यकर्ता धापासीमा पक्राउ(भिडियोसहित)
काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत फन्दामा परेका छन् । टोखा नगरपालिका वडा नम्बर ७ मा सुकुम्बासीलाई पैसा बाडेको भन्दै स्थानीयले घेरा हालेर नेता महत्त, नुवाकोटका कांग्रेस नेता एवं समानुपातिक उम्मेदवार बहादुरसिंह लामा सहितको कार्यकर्तालाई प्रहरीमा बुझाएका हुन् ।
उनीहरु धापासी स्थित सुकुम्वासी वस्तीमा मतदातालाई प्रभावित गर्दै गर्दा स्थानीयको घेरावन्दीमा परेका छन् । केही वेर स्थानीय र उम्मेदवार महत वीच चर्काचर्की भएको थियो ।शसस्त्र प्रहरी पुगेर नेता महतलाई उद्धार गर्नुपरेको थियो । मौन अबधिको समयमा मतदाता प्रभावित गर्दै गर्दा महत र तमाङलाई रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीयहरुले बताए ।
कांग्रेसले भने बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकोटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका बेला एमाले कार्यकर्ताले दूर्व्यवहार बताएको छ ।
महत्तले मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही बसेको बताए ।
https://www.youtube.com/watch?v=sryGhS_hkFE