बैसाख ६ देखि रसुवागढी र साञ्जेनको आइपीओ खुल्दै, यी व्यक्तिले निवेदन दिन नपाउने


२६ चैत्र २०७५, मंगलवार
IPO

काठमाडौं, २६ चैत । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले बैशाख ६ गतेदेखि सर्वसाधारणमा आइपिओ बिक्री खुलाउने भएको छ ।

IPO 768x366

सान्जेनले ५४ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्दैछ । यसमध्ये २ लाख १९ हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७ सय ५० कित्ता (५ प्रतिशत) म्युचुअल फण्डको लागि छुट्याइएको छ बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

यता रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निष्काशन गर्दैछ । यसमध्ये ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला हुनेछ ।

यी दुवै कम्पनीको आइपिओमा यसअघि आवेदन दिएका संस्थापक शेयर धनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चय कोषको सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् । यी दुई कम्पनीको आइपिओमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओ प्रतिकित्ता १०० रुपैयाँ अंकित रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७