‘नौटंकी’ सिर्जनाको ‘डबल माया’ (भिडियोसहित)


१३ बैशाख २०७६, शुक्रबार
sirjana1

काठमाडैं, १३ बैशाख । सिर्जना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ । यसअघि उनको ‘नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो । सार्वजनिक ‘डबल माया’ बोलको गीत पनि दर्शकले रुचाएका छन् ।

गीतमा सिर्जना खत्रीको स्वर रहेको छ भने -यापर मिस्टर आरजेले उनलाई साथ दिएका छन् । सिर्जना र आरजेकै शब्द रहेको गीतमा संगीत पनि आरजेकै छ । शान थापाको निर्देशनमा गीतको भिडियो तयार भएको हो भने कोरियोग्राफीमा राजीव समरले साथ दिएका छन् ।

भिडियोमा अनुपविक्रम शाही र आँचल शर्मालयायत दुबै गायक गायिका फिचर्डमा छन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७