विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त


२४ बैशाख २०७६, मंगलवार
Ram Prasad Dhital

काठमाडौं, २४ बैशाख । विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सिंह विद्युत विकास विभागका पूर्व महानिर्देशक हुन् ।

आयोगमा चार सदस्य पनि नियुक्त भएका छ्न् । आयोगका सदस्यहरुमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वर र भगिरथा भट्टराई नियुक्त भएका छन् । विद्युत नियमन आयोग ऐन पारित भएको डेढ बर्षपछि पदाधिकारी नियुक्त भएका हुन् ।

विद्युत नियमन आयोगले विद्युत महसुल निर्धारणदेखि प्रशारण र उपभोक्ताहरुको अधिकारको पाटो हेर्नेछ । आयोग निकै शक्तिशाली मानिन्छ । विद्युत प्राधिकरणको एकाधिकारमा आयोग गठनपछि अंकुश लाग्ने छ । त्यही भएर पनि आयोग गठन बर्षौदेखि हुन सकेको थिएन ।

यसअघि अनुपकुमार उपाध्यायलाई ऊर्जा मन्त्रालयको सचिवबाट राजीनामा गराएर आयोगको अध्यक्ष नियुक्त गर्ने प्रस्ताव ऊर्जामन्त्री बर्षमान पुनले मन्त्रिपरिषदमा लगेका थिए ।

तर उनलाई विद्युत प्राधिकरणको अध्यक्ष भइसकेको ब्यक्ति भएकाले नियुक्ति नगर्ने प्रधानमन्त्री केपी ओलीको अडानपछि दिल्लीबहादुर सिंहले अवसर पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७